‘बाहुबली’ स्टाइलमा ‘कृष ४’ र ‘५’ रिलिज हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘बाहुबली’ स्टाइलमा ‘कृष ४’ र ‘५’ रिलिज हुने

krish relise

काठमाडौं, ६ जेठ । बाहुबलीको अपार सफलताले भारतीय बक्स अफिसमा यस्तो छाप छाडेको छ, जसलाई बलिउडले आजसम्म ताड्न सकेको छ । तर अब रितिक रोशन यो रेकर्ड तोड्नका लागि तयार छन् । रितिकको फिल्म कृष २ र कृष ३ ले बक्सअफिसमा राम्रो कमाई गरेको थियो ।

अब रितिकका पिता तथा निर्देशक राजेश रोशन कृष ४ र कृष ५ लाई बाहुबली स्टाइलमा रिलिज गर्दैछन् । रिपोर्ट्सका अनुसार, राजेश रोशनले आफ्नो दुई फिल्मलाई एकसाथ प्रदर्शन गर्ने निर्णय लिएका छन् । चाँडै यस विषयमा आधिकारिक घोषणा हुँदैछ । फिल्म बाहुबलीको जस्तै गरि कृष ४ र ५ एकसाथ बन्नेछ भने रिलिज पनि त्यही स्वरुपमा हुनेछ । बाहुबलीका निर्देशक राजामौलीले बाहुबली द बिगनिंग को समयमा नै बाहुबली द कनक्लूजनु को घोषणा गरेका थिए । अब राजेश रोशन पनि त्यही बाटोमा हिँड्दैछन् । कृष सिरिजको सुरुवात २००३ मा आएको फिल्म कोई मिल गया बाट भएको थियो ।

यो फिल्ममा पहिलो पटक एलियनको कन्सेप्टमा काम गरिएको थियो । यो फिल्ममा रितिक मुख्य भूमिकामा थिए । करीब ३० करोडमा निर्माण भएको यो फिल्मले भारतीय बक्सअफिसमा ८३ करोडको कलेक्सन गरेको थियो । यो कहानीलाई अगाडि बढाउने क्रममा वर्ष २००६ मा कृष निर्माण भयो । यो फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको थियो । करीब ४० करोडको लागतमा बनेको यो फिल्मले भारतीय बक्सअफिसमा ७२ करोड कमाएको थियो ।

यसपछि वर्ष २०१३ मा कृष ३ रिलिज भयो । करीब ९४ करोडमा निर्माण गरिएको यो फिल्मले भारतीय बक्सअफिसमा २३५ करोडको कलेक्सन गरेको थियो । कृष सिरीज रितिकका लागि सधै नै खास हुने गर्दछ । फिल्मीखवरबाट

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);