निशाले दिइन् छोरालाई जन्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निशाले दिइन् छोरालाई जन्म

काठमाडौं, ५ जेठ । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शदर भेषावकरको घरमा सन्तानको प्रवेश भएको छ । शुक्रवार अमेरिकाको एक अस्पतालमा निशाले छोरालाई जन्म दिएकी हुन् ।

उनले फेसबुकमार्फत् आफ्नो र छोरा ‘युभन निशारद’ को स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी छन् । निशा पहिलोपल्ट आमा बनेपछि उनका साथी, कलाकार, तथा समर्थकले खुसी प्रकट गरेका छन् ।

निशाले परिवारमा नयाँ सदस्य थपिएकामा आफू निकै खुसी भएको बताएकी छन् । आफू निर्मित फिल्म ‘झ्यानाकुटी’ रिलिज लगत्तै उनी अमेरिका उडेकी थिइन् । प्रायः उनले दैनिकजसो आफ्नोे बेबी बम्प देखाउँदै फेसबुकमा तश्बिर अपलोड गरिरहेकी हुन्थिन् ।

अमेरिका प्रस्थान गरेका महिलाहरुले अमेरिका पुगेर सन्तान जन्माउँदा त्यहाँका नागरिकता पाउने गर्छन् । सन्तानले पाएको नागरिकताको आधारमा परिवार पुरै अमेरिकामा सेटल हुन पाउने व्यवस्थाले गर्दा निशाले पनि अमेरिका मोहका कारण आफ्नो पहिलो सन्तानलाई अमेरिकामा जन्म दिएको चर्चा छ । फिल्मीखबरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);