डिभी खारेज गर्न राष्ट्रपति ट्रम्पको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

एजेन्सी, १६ कार्तिक । अमेरिकाले २०१९का लागि खुलाइएको इडिभी अर्थात् ड्राइभर्सिटी भिसा प्रणाली राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गर्नका लागि आह्वान गरेका छन्। गत मंगलबार भएको आतंकवाद हमला पछि राष्ट्रपति ट्रम्पले डिभी प्रणाली समेत खतरा रहेको भन्दै खारेज गर्न आह्वान गरेका हुन्।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् ट्वीट गर्दै अमेरिका प्रवेश गर्नका आवेदकहरुको शैक्षिक योग्यता र मुल्यांकनका आधारमा मात्र छिर्न पाउने नयाँ प्रणालीको व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।

डिभी प्रणालीले नेपाल लगाएत विभिन्न देशबाट हरेक वर्ष करिब ५० हजार आप्रवासीहरूलाई अमेरिकामा स्थाई बसोबासका लागि अनुमति दिइने गरिएकोमा राष्ट्रपति ट्रम्पले उक्त प्रणाली खारेज गर्नका लागि आह्वान गरेका हुन्।

डिभी प्रणालीमार्फत अमेरिका आएका नागरिकले सो हमला गरेको खुलासा भएपछि उनले आपत्ति जनाएका छन्। योग्यता र दक्षताका आधारमा उचित छानबिन गरेर मात्र अमेरिका प्रवेश गर्न पाउने नयाँ प्रणाली ल्याउने उनले बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);