हिंसा प्रभावित रखाइन प्रान्त सुकीको भ्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

एजेन्सी, १६ कार्तिक । म्यानमारकी नेतृ आङ साङ सुकी हिंसाबाट प्रभावित रखाइन प्रान्त पुगेकी बीबीसीले जनाएको छ। सरकारी अधिकारीहरुले सुकीले एक दिने अघोषित यो भ्रमणका क्रममा क्षेत्रीय राजधानी सिट्वे र अन्य शहरहरुको भ्रमण गर्न लागेको बताएका छन्।
एक दिने यो भ्रमण यसअघि घोषणा गरिएको थिएन।

गत अगष्ट यता चार लाख भन्दा बढी रोहिंग्या म्यानमारबाट भागेर बांग्लादेश पुगेका छन्। रोहिंग्या मुसलमानहरुविरुद्धको सैन्य कारबाही नरोकेको भन्दै उनको आलोचना विश्व समुदायमा भएको थियो।

यसअघि म्यानमारका लागि मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघकी विशेष प्रतिनिधिले सूचीले त्यहाँका रोहिंज्या मुसलमान अल्पसंख्यकलाई सुरक्षा दिन विफल भएको भन्दै आलोचना गरेकी थिइन्।

रखाइन प्रान्तस्थित प्रहरी चौकीमा घातक हमलाहरु भएपछि उक्त क्षेत्र थप तनावग्रस्त बनेको थियो।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);