रियल मड्रिडका रोनाल्डो चौथो सन्तानका पिता बने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एजेन्सी, २७ कार्तिक। पोर्टुगल फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चौथो सन्तानको पिता बनेका छन् । उनकी प्रेमिका जर्जिया रोड्रिग्वेजले आइतबार छोरीलाई जन्म दिएकी छन् । उनले आफ्नो खुसीको पल सामाजित सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । तस्बिरमा रियल मड्रिडका स्टार खेलाडी रोनाल्डो, उनकी प्रेमिका, छोरी र आफ्ना जेठा छोरा देखिएका थिए।

म्याड्रिडमा रोनाल्डोको घर नजिकै रहेको क्विरोन युनिभर्सिटीमा जर्जियालाई लगिएको थियो । जर्जियाको यो पहिलो सन्तान हो भने रोनाल्डोको चौथो ।

उनले नोभेम्बर २१ मा एलानालाई जन्मे दिने अनुमान थियो । तर, आइतबार साँझ नै उनले जन्म दिएको रोनाल्डोले बताएका छन् । आधा स्पेनिस र आधा अर्जेन्टाइन जर्जियाले गत अगस्टमा एलानालाई जन्म दिन गरिएको तयारीका बारेमा बताएकी थिइन् । रोनाल्डोले गत साता मात्र बाबु हुनुको अनुभव सुनाएका थिए ।

सरोगेटबाट जुनमा अमेरिका एभा र माटेवा जुम्लाहा सन्तानको जन्म भएको थियो । पछि उनीहरुलाई म्याड्रिड लगिएको थियो । ७ वर्षे जेठो छोरा क्रिस्टियानो जुनियर पनि सरोटेट आमाले नै जन्म दिएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);