“अनुहारले जीवन बदल्न सक्दैन” | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

“अनुहारले जीवन बदल्न सक्दैन”

winnie harlow

काठमाडौँ, २७ बैशाख । मोडलिङका लागि अनुहार नै सबै कुरा हैन भनेर क्यानेडियन मोडल विन्नी हार्लोले प्रमाणित गरेकी छन् । भिटिलिगो, लुकोदेर्मा अर्थात् दुबी रोग भएकी विन्नी हालै न्युयोर्कमा आयोजित मेट गालाको रेड कार्पेटमा पहिलो पटक हिँडेकी छन् । उनी विश्वका टप मोडलहरूको लिस्टमा पनि अग्रपंक्तिमा पर्छिन् ।

क्यानेडियन मोडल विन्नी हार्लो न्युयोर्कमा आयोजित मेट गालामा । न्युयोर्कको राम्रो फेसन इस्टिच्युट मानिने मेट गालाले प्रत्येक वर्ष फेसन एग्जिबिसन गर्दै आएको छ, जहाँ विश्वका एक से एक सेलेब्रिटीहरू विभिन्न डिजाइनरका पहिरनमा सजिएर रेड कार्पेटमा हिँड्ने गरेका छन् ।

सानैदेखि विन्नीको रुचि फेसनमा थियो । मेट गालाको रेड कार्पेटमा उभिनु उनको सपना थियो । ‘मेट गालाको सबैभन्दा मोहक पार्ट भनेको लुक्स हो । मेट त्यस्तो ठाउँ हो, जहाँ आउनकै लागि सेलेब्रिटीहरूले धेरै खर्च गरेर अति राम्राराम्रा लुगा लगाउँछन्,’ उनले भनिन्, ‘मेरो लागि यही चुनौती थियो । तर सबैले प्रशंसा गर्नुभयो ।’ संसारका सेलेब्रिटीहरूलाई एकै ठाउँमा देख्न पाउनु रोचक अनुभूति रहेको उनले बताएकी छन् ।

क्यानडामा जन्मिए पनि उनी अचेल बेलायतमा बस्छिन् । सन् २०१७ मा बेलायतमा उनले वुमन अफ द इयरको अवार्ड नै जितेकी थिइन् । २२ वर्षे विन्नीलाई चार वर्षको उमेरदेखि दुबीको समस्या देखिएको थियो । कुनै समय उनलाई ‘गाई’ र ‘जेब्रा’ भनेर जिस्क्याइने गरिन्थ्यो रे । तर पनि उनले हिम्मत हारिनन् । ‘एकदमै दुख लाग्थ्यो,’ उनले भनिन्, ‘तर मेरो जिन्दगी मेरो अनुहारको उपज हैन भन्ने मलाई थाहा थियो । अहिले म आत्मविश्वासी छु ।’

पप स्टार माइकल ज्याक्सनलाई पनि यही रोग लागेको अनुमान लगाइएको थियो । काला वर्णका माइकल पछि गोरा देखिएका थिए । उनको अनुहार र पाखुरामा दुबी आएको थियो । अनुहार, पाखुरासहित शरीरभरि दुबी भएकी विन्नीले फेसन र मोडलिङप्रतिको परम्परात मान्यता परिवर्तन गर्नका लागि क्याम्पेन नै चलाउने प्रण गरेकी थिइन् । उनी स्पेनको अन्तर्राष्ट्रिय ब्रान्डको ब्रान्ड एम्बासडर नै हुन् । ब्रान्ड एम्बासडरका रूपमा उनले ‘बिनासर्त सहनशीलता र समानता’ भन्ने मान्यतालाई प्रमोट गर्दै आएकी छन् ।

‘यो छालाको अवस्था हो, यसलाई जीवन नै परिवर्तन गर्ने कुरा मान्नु हुन्न,’ उनले भनेकी छन्, ‘म आफूलाई माया गर्छु । अवसरहरू मेरो काखमा खस्दै आए । यसको लागि म भगवान्लाई धन्यवाद भन्छु । हरेकले आफैंलाई माया गर्ने कोसिस गर्नुपर्छ ।’

आफूले मेट गालामा लगाएको पहिरनबारे पनि उनले बताइन् । ‘मैले यो पहिरन बनिसकेपछि देखेकी हुँ । गालाबाट आएको ड्रेसको थिमअनुसार डिजाइन अर्डर दिएकी थिएँ,’ उनले भनिन्, ‘यो हेर्न म पनि एकदमै उत्सुक थिएँ । यो एकदमै राम्रो छ । यसमा आर्टको काम आकर्षक छ ।’ कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);