हाई हिलविरुद्ध क्रिस्टिन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हाई हिलविरुद्ध क्रिस्टिन

kristin

काठमाडौँ, ३ जेठ । विश्वका कतिपय नामुद फिल्म फेस्टिभलमा अभिनेत्रीले अनिवार्य हाई हिलमा उपस्थित हुनुपर्ने नियम छ । हाल जारी क्यान्स फेस्टिभल पनि यो नियमका कारण महिलावादीमाझ कुख्यात छ । जुलिया रोबर्टस् र क्रिस्टिन स्टेवार्ट यो नीति तोड्न खोज्दै छन् ।

यसपालि क्यान्सको निर्णायक टोलीमै रहेकी क्रिस्टिन फेस्टिभलको रेड कार्पेटमा खाली खुट्टा हिँडिन् । वान पिसमा आएकी उनी फोटोग्राफरमाझ पोज दिएपछि हिल फुकालेर ठमठम भर्‍याङ उक्लेकी थिइन् । उनी सोझै स्पाइक लीको ‘ब्ल्याकल्यान्सम्यान’ फिल्म प्रदर्शन हुने हलतिर लागेकी थिइन् । उनले हाई हिल नीतिको विरोधमा यस्तो गरेकी हुन् वा अर्थोकै केही कारण थियो, यो निश्चित भएको छैन । तर, नियतवश यस्तो गरेको भन्नेमा कुनै शंका नरहेको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले यसअघि ड्रेस कोड पोलिसीविरुद्ध आवाज उठाएकी थिइन् ।

रेड कार्पेटको तामझामलाई लिएर ‘टाइलाइट’ अभिनेत्रीले निराशा व्यक्त गर्दै आएकी छन् । गत वर्षको फेस्टिभलमा उनले यस्तो चलन हटाउनुपर्ने बताएकी थिइन् । ‘अभिनेताले गर्नु नपर्ने कुरा मलाई मात्र किन गर्न लगाउँछौ ’ २८ वर्षे अभिनेत्रीको तर्क थियो, ‘हुन त कालो टाईको नीति पनि छ । यो म बुझ्छु । हामीलाई फ्ल्याट वा हाई हिल दुवैमा छुट हुनुपर्छ ।’ कान्तिपुरबाट

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);