रोबेस्टेनको पुनर्मिलन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रोबेस्टेनको पुनर्मिलन ?

getty image

काठमाडौँ, २४ जेठ । भाम्पायर युवक र एउटी किशोरीबीचको प्रेमसम्बन्धबारे बनाइएको ‘ट्वाइलाइट’ फिल्ममा रोबर्ट प्याटिन्सन र क्रिस्टिन स्टेवार्ट मुख्य भूमिकामा थिए । यो फिल्मको सफलतासँगै यिनको सम्बन्ध प्रगाढ बन्दै गयो । युवा जोडी खुब मन पराइएका थिए । ‘रोबेस्टेन’ का रूपमा दुईलाई एकै नामले चिन्न थालियो ।

तर, सन् २०१३ मा ‘ट्वाइलाइट’ फयानले नमीठो खबर सुने । रोबर्ट र क्रिस्टिन अगल भएका थिए । त्यो बेला अभिनेत्रीले भनेकी थिइन्, ‘मान्छेहरू हामीलाई यति विघ्न सँगै देख्न चाहन्छन्, मानौं हामी मान्छे होइन सामग्री हौं । यो मेरा लागि दुखद कुरा हो । म जे गर्दै छु त्यो लुकाउन चाहँदिनँ । तर, आफ्नो सम्बन्धलाई मनोरञ्जनको अंश पनि बनाउन सक्दिनँ ।’ त्यो बेला उनले रोबर्टलाई धोका दिएको हल्ला थियो ।

रोबेस्टेनको ब्रेकअप चानचुने खबर थिएन । तथापि कुराहरू सेलाउँदै गए । क्रिस्टिनलाई ‘स्नो हाइट एन्ड हन्टस्मेन’ निर्देशक रुपर्ट स्यान्डर्ससँग देखियो भने रोबर्टले गायिका एफकेए ट्वीग्ससँग सम्बन्ध जोडे । तर, पछिल्लो समय कहानीमा ट्वीस्ट आएको छ । रोबर्ट र क्रिस्टिन फेरि एकसाथ देखिनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । यिनको प्याचअप भएको अनुमान गर्न थालिएको छ ।

उनीहरू बारम्बार एकसाथ प्रकट हुन्छन् । यसै साता अभिनेता जोनी डेपकी छोरीको बर्थडे पार्टीमा रोबर्ट र क्रिस्टिन घुलमिल भएका तस्बिर बाहिर आएका थिए । त्यसअघि लस एन्जलसको रेस्टुरेन्टमा पनि सँगै देखिएका थिए । त्यो बेला ‘ओके म्यागाजिन’ ले लेखेको थियो, ‘ट्वाइलाइट जोडीले यो कुरालाई महत्त्व नदिएको जस्तो गरे पनि यिनको सर्कलमा पुनर्मिलनको खबर सुनिन थालेको छ ।’

के पनि भनिन्छ भने, दुवैका आआफ्नै जोडी भएकाले प्याचअपको कुरा बकवास हो । क्रिस्टिन अहिले भिक्टोरियाज सिक्रेट मोडल स्टेला म्याक्सवेलसँग डेट गरिरहेकी छन् । रोबर्टले पनि एफकेए ट्वीग्ससँग विवाह गर्ने बताएकाले पुनर्मिलन असम्भव ठानिएको छ । बरु, मित्रता कायम राख्न खोजिएको बताइन्छ । कान्तिपुरबाट

अघिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);