हलमा ‘मट्टीमाला’ र ‘चंगा’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हलमा ‘मट्टीमाला’ र ‘चंगा’

mattimala

काठमाडौँ, २५ जेठ । फिल्म ‘मट्टीमाला’ बाट अभिनेता बुद्धि तामाङ पहिलोपटक रोमान्टिक अवतारमा देखा पर्दै छन् ।

शुक्रबार रिलिज हुने फिल्ममा तामाङको जोडीको रूपमा रजनी गुरुङ रहेकी छन् । यी दुई हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा पनि जोडीकै रूपमा थिए । पौरखी फिल्मको प्रस्तुति रहेको फिल्ममा प्रियंका कार्की, पृथ्वी राई, शिशिर राना, अरुणा कार्की, चिरन राईलगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ । प्रेमकथामा आधारित फिल्मको लेखन तथा निर्देशन टेके पौरखी राईले गरेका हुन् । राहुल राईको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सुमन राईको संगीत रहेको फिल्म पृथ्वी राईले निर्माण गरेका हुन् ।

त्यसैगरी शुक्रबारै फिल्म ‘चंगा’ पनि हलमा लाग्दै छ । किशोर भण्डारी ‘डिड्ठा साब’ को लेखन तथा निर्देशन रहेको फिल्म पैसाको समस्यापछि एक गाउँले युवकको जीवनमा आउने उतारचढावमा आधारित रहेको बताइएको छ । कमेडी जानरामा बनाइएको फिल्म बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना, अंकित खड्का, प्रेमवर्षा खड्का, लक्ष्मी बर्देवालगायतको अभिनय हेर्न सकिन्छ ।

छायांकन गरेका हुन् नवराज उप्रेती । कन्टिन्युअस मुभी मेकर्सको ब्यानरमा निर्मित ‘चंगा’ मा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने प्रखु पाण्डे कार्यकारी निर्माता र रेश्मा तिमिल्सिना निर्माताको रूपमा छन् । कान्तिपुरबाट

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);