भारत विश्वकै दोस्रो धेरै कोरोना संक्रमित मुलुक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारत विश्वकै दोस्रो धेरै कोरोना संक्रमित मुलुक

एजेन्सी, २२ भदाै । भारतमा कोरोना संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ । यो संगै विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित हुने संख्याका आधारमा भारत विश्वकै दोस्रो स्थानमा पुगेको छ । कोरोना संक्रमित हुनेको संख्या ४२ लाख नाघेपछि ब्राजिललाई उछिनेर भारत दोस्रो स्थानमा पुगेको हो ।

संख्याका आधारमा अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढि ६४ लाख ६० हजारभन्दाबढी कोरोना संक्रमित रहेका छन् । भारतले उछिनेपछि तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ४१ लाख ३७ हजार नाघेको छ ५ सय २२ रहेको छ । भारतमा कुल संक्रमितमध्ये करिब ३२ लाख ५० हजारभन्दा बढी निको भइसकेका छन् ।

भारतको निको हुने दर ७७ दशमलव ३१ प्रतिशत छ । निको हुने दर सन्तोषजनक नै मानिए पनि पछिल्ला दिनमा बढेको संक्रमणले परिस्थिति भयावह बन्ने सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरूले यसरी संक्रमणमा एकाएक तीव्र वृद्धि हुनुका पछाडि सर्वसाधारणको लापरबाही तथा लकडाउन खुकुलो भएसँगै आर्थिक गतिविधि सुचारु हुनुलाई प्रमुख कारण ठानेका छन् ।

भारतमा पहिलो कोरोना संक्रमण जनवरी ३० मा दक्षिण भारतीय राज्य केरलामा पुष्टि भएको थियो । तर, ७ महिनामै संक्रमितको संख्या ४२ लाखभन्दा बढी पुगिसकेको छ । भारतमा संक्रमितको संख्या पहिलो १ लाख पुग्न साढे ३ महिना लागेको थियो । तर पछिल्लो ४ महिनामै ४० लाख संक्रमित थपिइसकेका छन् । भारतमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि २ महिनाभन्दा लामो लकडाउन खुकुलो पारिएसँगै संक्रमण बढ्न थालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);