अचानक 'छक्का पञ्जा २' सँग जुध्ने भयो 'मेरो पैसा खोई', चेपुवामा बर्षा र बुद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाण्डौँ, ९ असोज । दशैँ लागेसँगै नेपाली चलचित्र प्रेमीहरु हलमा राम्रो फिल्म लाग्ने प्रतिक्षामा रहेका छन् । उसो त यही असोज ११ गतेदेखि सर्वाधिक सफल फिल्म ‘छक्का पञ्जा’को सिक्वेल छक्का पञ्जा २ देशभर प्रदर्शनमा आउने भएको छ ।

यसअघि सोलो रिलिज भनिएको ‘छक्का पञ्जा २’ कै मितिमा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ, बुद्धि तामाङ स्टारर फिल्म ‘मेरो पैसा खोई’ पनि रिलिज हुने भएको छ ।

रोज राणा निर्माता तथा निर्देशक रहेको मेरो पैसा खोई राजधानीमा असोज ११ र मोफसलमा असोज २० गते देखि प्रदर्शनमा आउने भएको हो । यसअघि कात्तिक ९ मा प्रदर्शन गरिने भनिएपनि रोजले असोज ११ मा रिलिज भन्दै प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।

रोचक पक्ष त के छ भने दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा २’ मा र ‘मेरो पैसा खोई’ गरी दुवै फिल्ममा वर्षा राउत र बुद्धि तामाङ मुख्य भुमिकामा रहेका छन् । चलचित्रको रिलिज मिति जुधेपछि वर्षा र बुद्धिलाई भने अप्ठ्यारो पर्ने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);