एक छोराकी आमा माहिरासँगको प्रेममा रणवीर कपुर ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, ८ असोज । पछिल्लो समय बलिउड अभिनेता रणवीर कपुर पाकिस्तानी अभिनेत्री माहिरा खानसँगको लिंकअपका कारण चर्चामा रहेका छन् । केही दिन पहिले न्यू योर्कमा यि दुईले चुरोट पिउँदै गरेको फोटो सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।

शाहरुख खानको फिल्म ‘रईस’ मार्फत बलिउडमा समेत डेब्यू गरेकी माहिरा पाकिस्तानमा उच्च पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । कुनै बेला रेष्टुरेन्टमा भुईँ पुछ्नेसम्म काम गरेकी माहिरा सिंगल प्यारेन्टस् समेत हुन् ।

अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीमा अध्ययन गर्ने सिलसिलामा उनी त्यस समय रेष्टुरेन्टमा सफाई गर्ने काम गर्थिन् । माहिराले सन् २००७ मा परिवारको असहमतिमै अली अस्करीसँग विहे गरेकी थिईन् । करिब ८ वर्षपछि पतिसँग सम्बन्ध विच्छेद गरेकी माहिरा र अलीको एक छोरा अजलान समेत छन् । अजलान अहिले माहिरासँगै छन् ।

उसो त अभिनेता रणवीर कपुर अभिनेत्री कट्रिना कैफसँगको प्रेस सम्बन्ध टुटेपछि सिंगल नै छन् । कट्रिना भन्दा पहिले रणवीर दीपिका पादुकोणसँग प्रेम सम्बन्धमा थिए । माहिरासँगको तस्बिर बाहिरिएपनि यि दुई प्रेम सम्बन्धमा रहेको चर्चा चलेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);