राजकुमारको 'न्युटन'ओस्कारका लागि मनोनयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी, ७ असोज । अहिले बलिउडका राष्ट्रिय अर्वाड बिजेता अभिनेता राजकुमार राओ बधाइका पात्र बनेका छन् । बलिउडका महान् हस्ति लगाएतका कलाकारहरुले उनलाई बधाइ दिने क्रम जारी रहेको छ । करण जोहर, अमिताभ बच्चन, परेश रावल लगाएतका कलाकारले उनलाई बधाई एवम् शुभकामना दिएका हुन् ।

अभिनेता राजकुमार राओ स्टेरर फिल्म न्युटन ओस्कारको मनोनयनमा परेको छ । उनको हालै रिलिज भएको सो फिल्म ओस्कार पुरस्कार २०१८ को छानिएको छ । हंसल मेहताद्वारा निर्देशित सो फिल्म निकै ‘काबिले तारिफ’ रहेको जुम टिभी तथा अन्य भारतीय मिडियाले जनाएका छन् ।

राजकुमारले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो फिल्म ओस्कार अर्वाडको नोमिनीजमा परेको कारण खुशी हुदैँ सबैलाई धन्यवाद दिन चाहेको बताएका छन् ।

यो भन्दा अघि उनले कहि पोछे , साहिद, लगाएतका फिल्ममा निकै उत्कृष्ट अभिनय दिएर दर्शकको मन जितिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);