बलिउडका रेकर्ड तोड्दै 'सन्जु', १५ दिनमै साढे ५ अर्ब कमायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बलिउडका रेकर्ड तोड्दै ‘सन्जु’, १५ दिनमै साढे ५ अर्ब कमायो

ranbir kapoor sanju

एजेन्सी, ३१ असार । बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित राजकुमार हिरानीको फिल्म सन्जुु ले १५ दिनमै साढे ५ अर्ब भारतीय रूपैयाँ कमाउन सफल भएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले शनिवार ट्वीटमा बताए अनुसार सन्जुु को शुक्रवारसम्म वर्ल्डवाइड बक्स अफिस कलेक्सन ५ अर्ब ४३ करोड रूपैयाँ रहेको छ । यसलार्इ निर्माण गर्न एक अर्ब भारतीय रूपैयाँ लगानी गरिएको थियो । रणबीर कपुरको मूख्य भूमिका रहेको यो फिल्म २९ जुनमा रिलिज भएको थियो । यसले दोस्रो हप्तासम्म बलिउडका अनगिन्ती रेकर्ड तोड्दै तीब्र गतिमा कमाइ गर्न सफल भएको हो ।

यसले सन् २०१८ मा बलिउडबाट सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड पनि राख्न सफल भएको छ । सञ्जय लीला भन्सालीको विवादित फिल्म पद्मावतले भारतमा २५ दिनमा २ अर्ब ६२ करोड ६३ लाख रूपैयाँ कमाइ गरेको थियो । यस क्रममा उसको वर्ल्डवाइड कलेक्सन ४ अर्ब ९९ करोड भारतीय रूपैयाँ थियो । सन्जुु ले ५ अर्ब को आँकडा केबल १५ दिनमै तोडिदियो

सन्जुु ले भारतमा पहिलो हप्ता २००.५१ करोड रूपैयाँ कमाएको थियो । दोस्रो हप्तामा ९२.६७ करोड रूपैयाँ कमाएको थियो । यस अनुसार यो फिल्मको कुल कमाइ २९५.१८ करोड रूपैयाँ भएको छ । यो फिल्मले जुलार्इको तेस्रो हप्ता सजिलै ३ सय करोड रूपैयाँ पार गर्ने बताइएको छ ।

रणबीरको सबैभन्दा हिट फिल्म भएको छ सन्जु । कमाइ अनुसार यो फिल्म रणबीरको पहिलो सबैभन्दा सफल फिल्म भएको छ। यसभन्दा अघि उनको ये जवानी है दीवानी (२०१३) को लाइफटाइम कलेक्सन ११२.१४ करोड र ऐ दिल है मुश्किल (२०१६) को कलेक्सन ११२.१४ करोड थियो । बर्फीले जम्मा १०६.११ करोड रूपैयाँ कमाएको थियो ।

सन्जुु का कारण जुलाईको शुरुवाती दुर्इ साता बलिउडमा कुनै ठुला फिल्म रिलिज भएनन् । ६ जुलाईमा हलिउडको मेगाबजेट फिल्म ‘एन्ट म्यान एन्ड द भ्यास्प’ रिलिज हुने थियो तर उसको पनि डेट सारियो । यस फिल्मलार्इ १३ जुलार्इमा ‘सुर्मा’सँगै रिलिज गरिएको थियो । अन्नपुर्णबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);