रोहित शेट्टीको चलचित्र 'गोलमाल अगेन'ले चार दिनमै कमायो एक अर्ब ६० करोड | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

काठमाडौं, ७ कार्तिक । रोहित शेट्टीले निर्देशन गरेको चलचित्र गोलमाल अगेनले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। रिलिज भएको चार दिनमै यसले एक अर्ब ६० करोड नेपाली रुपैयाँ अर्थात एक अर्ब भारतीय रुपैयाँ कमाइसकेको छ।

बक्सअफिसइन्डिया डट्कमका अनुसार, फिल्मले सोमबार मात्रै १६ करोड भारु कमाएको हो। सोमबार यत्तिको पैसा कमाउनुलाई बलिउडमा चलचित्र सफल भएको मानिन्छ। तर वरुण धवनको जुडवा २ को तुलनामा सोमबारको यो कमाइ थोरै नै भन्नुपर्छ।

गोलमाल अगेनले पहिलो दिन शुक्रबार ३० करोड, दोस्रो दिन २८ करोड र तेस्रो दिन पनि २८ करोड भारु कमाएको थियो। चौथो दिनमा आइपुग्दा त फिल्मले एक अर्ब रुपैयाँ नघाइहाल्यो। चलचित्रमा अजय देवगण, परिणीति चोपडा, अर्शद वारसी, तुषार कपूर, श्रेयस तल्पडे र कुनाल खेमु प्रमुख भूमिकामा छन्। एजेन्सी