शाहरुख खानको ‘पठान’ले तोड्यो कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शाहरुख खानको ‘पठान’ले तोड्यो कीर्तिमान

काठमाडौं, २० माघ । बलिउडका बादशाह शाहरुख खानको फिल्म ‘पठान’ ले विश्वभर रेकर्ड तोड्दै ठूलो कमाई गरिरहेको छ । फिल्मको ज्वरो दर्शकको टाउकोमा छ । ‘पठान’ रिलिज भएको ९ दिन भैसकेको छ र फिल्मले बक्स अफिसमा राज गरिरहेको छ । चार वर्षपछि किंग खानको सिल्भर स्क्रिनमा कमब्याक भएकोमा फ्यानहरुले पनि खुशी मनाइरहेका छन् र योसँगै फिल्मको कलेक्सन पनि बढिरहेको छ । ‘पठान’ ले बिहीबार रिलिजको ९औं दिनमा ३५० करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

सिद्धार्थ आनन्द निर्देशित स्पाइ थ्रिलर ‘पठान’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । यो फिल्म बलिउडको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । तेस्रो दिन शुक्रबार फिल्मले ३९ करोड २५ लाख, चौथो दिन शनिबार ५३ करोड २५ लाख र आइतबार ६० करोड ७५ लाख कमाएको थियो । छैटौं दिन ‘पठान’को कमाई २६ करोड ५ लाख रहेको छ भने सातौं दिन फिल्मले २३ करोड कमाएको छ । बिहीबार फिल्मले १८ करोड २५ लाख कमाएको थियो ।

योसँगै ‘पठान’को ९औं दिनको प्रारम्भिक तथ्यांक पनि सार्वजनिक भएको छ । प्रारम्भिक ट्रेण्डका अनुसार ‘पठान’ले रिलिजको ९औं दिनमा १५ करोड ५० लाख कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कमाई ३६४ करोड रुपैयाँ पुगेको छ । फिल्ममा शाहरुख खान बाहेक जोन अब्राहम, दीपिका पादुकोण, आशुतोष राना र डिम्पल कम्पाडियाको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्मको जबरदस्त एक्सन र भिएफएक्स देखेर दर्शकले दाँतमुनि औँला थिचेका छन् । दोस्रो विकेन्डमा यो फिल्म सजिलै ४०० करोडको क्लबमा सामेल हुने अपेक्षा गरिएको छ ।

चलचित्र ‘पठान’ रिलिज भएदेखि नै लगातार कीर्तिमान आफ्नो नाममा दर्ता गर्दै आएको छ । शाहरुख खान अभिनित फिल्म भारतले सिनेमाको सबैभन्दा ठूलो ओपनर फिल्मको कीर्तिमान बनाएको छ । यसका साथै फिल्मले सबैभन्दा छिटो ३०० करोडको क्लबमा सामेल हुने हिन्दी फिल्मको कीर्तिमान पनि बनाएको छ । ‘पठान’ मास सर्किट र राष्ट्रिय चेनमा पनि बलियो पकड छ र फिल्मले राम्रो कमाई गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);