अजय देवगनलाई फाप्यो ईद | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

एजेन्सी, १९ भदौ । मिलन लुथ्रीयाद्वारा निर्देशित फिल्म बादशाहोले पहिलो दिन देखि नै उत्कृष्ट कलेक्सन गरेको छ ।

 

फिल्मले ओपनीङ डेमा १२ करोड ६०लाख भारु कमाएर सफल सुरुवात गरेको हो । अजय देबगन मुख्य भुमिकामा रहेको फिल्मले दोस्रो दिनमा १५ करोड १० लाख र आइतबार १५ करोड १० लाख गरि जम्मा ४३ करोड ३० लाख भारु कमाएको छ ।

 

फिल्म यो हप्ता भित्रै फिल्म १०० करोडको क्लबमा प्रवेश हुने फिल्म विश्लेषक तरन आदर्सले अनुमान गरेका छन् । इदका बिदाका कारण पनि फिल्मको व्यापारमा फाइदा पुगेको हो ।

 

फिल्ममा अजय देबगनलाई इमरान हाशमी, इलियना डिक्रुज, विद्युत जमवाल, इसा गुप्ता लगाएतका कलाकारले साथ दिएका छन् ।

 

शिवायको ठिकठाक प्रदर्शन पछि अजय देबगनको यो २०१७ को पहिलो फिल्म हो । यो पछि उनको कमेडी फिल्म गोलमाल ४ को रिलिजका लागि दर्शक पर्खाइमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);