‘केसरी’ को बम्पर ओपनिङ, तोड्यो ‘गल्ली ब्वाई’ को रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

‘केसरी’ को बम्पर ओपनिङ, तोड्यो ‘गल्ली ब्वाई’ को रेकर्ड

kesari movie

एजेन्सी, ९ चैत । होलीको मौकामा रिलिज भएको बलिउड सुपरस्टार अक्षय कुमार अभिनीत फिल्म ‘केसरी’ ले बक्सअफिसमा २०१९ को धमाकेदार सुरुवात गरेको छ । यस वर्ष रिलिज भएको अक्षयको यो पहिलो फिल्म हो । होलीको दिन रिलिज भएको फिल्मले पहिलो दिन नै सानदार कमाई गरेको छ । अनुराग सिंहले यसको निर्देशन गरेका हुन् ।

यो पिरियड ड्रामालाई क्रिटिक्सले मात्र नभएर दर्शकले पनि अत्याधिक रुचाएका छन् । तरण आर्दशका अनुसार, फिल्मले पहिलो दिन घरेलु बजारमा २१ करोड ५० लाख छापेको छ । साथै, यस वर्षको ठूलो ओपनिङ गर्ने फिल्म पनि साबित भएको छ । यसभन्दा अगाडि वर्षको यो रेकर्ड ‘गल्ली ब्वाई’ र ‘टोटल धमाल’ को नाममा थियो ।

फिल्मले भारतमा मात्र ३६ सय स्क्रिन पाएको छ । यसमा अक्षय कुमारको अपोजिट परिणीति चोपडा छिन् । पहिलो दिनको कमाईको ट्रेन्डलाई हेरेर अनुमान लगाइएको छ कि, फिल्मले अगाडि पनि रेकर्ड बनाउनेछ । फिल्म बिहीवार रिलिज भएको थियो । यसकारण, फिल्मलाई चार हप्ता विकेन्ड मिल्नेछ ।

विकेन्डमा नै फिल्मले सय करोडको आँकडा छुने संभावना देखिएको छ । ‘केसरी’ को निर्माण करण जौहरको प्रोडक्सनले गरेको हो । फिल्ममा अक्षयले हवलदार ईशर सिंहको भूमिका निभाएका छन् । सारागढीको ऐतिहासिक युद्धमा फिल्म आधारित छ, जसमा ब्रिटिश इन्डिया आर्मीका मात्र २१ सिख सैनिकले १० हजार अफगानीसँग लडाइँ लडेका थिए । फिल्मिखबरबाट 

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);