अजयको 'दृश्यम २' ले विश्वभर ३०० करोड कमायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अजयको ‘दृश्यम २’ ले विश्वभर ३०० करोड कमायो

एजेन्सी, ३ पुस । अजय देवगनको फिल्मले टिकट विन्डोमा राम्रो व्यापार गरिरहेको छ। जेम्स क्यामरुनको हलिउड साइफाइ ड्रामा फिल्म ‘अवतारः द वे अफ वाटर’ शुक्रबार (१६ डिसेम्बर) हलिउडमा रिलिज भएपछि फिल्मको व्यापारमा असर पर्ने अपेक्षा गरिएको भएपनि त्यसो हुन सकेको छैन ।

विशाल कलेक्सनका साथ, दृश्यम २ ले विश्वव्यापी रूपमा ३०० करोडको आँकडा पार गरेको छ।

दृश्यम २ हलमा रिलिज भएको एक महिनाभन्दा बढी भइसकेको छ । कोरोना महामारीपछि बलिउडका अन्य फिल्मले बक्स अफिसमा संघर्ष गरिरहेको देखिएपछि दृश्यम २ ले असाधारण प्रदर्शन गरिरहेको छ । बक्स अफिस इण्डियाका अनुसार, ’दृश्यम २ गोलमाल अगेन र तानाजी – द अनसंग वारियर पछि विश्वभर ३०० करोडको आँकडा पार गर्ने अजय देवगनको तेस्रो फिल्म बनेको छ।

दृश्यम २ ले बक्स अफिसमा विश्वभर करिब ३०७ करोड कलेक्सन गरेको छ र गोलमालको ३११ करोडभन्दा केही पछाडि छ । अबको ३–४ दिनमा यो अंक पनि पार हुनेछ । अजय देवगन, तब्बु र अक्षय खन्नाको यो फिल्मको ओभरसिज कलेक्शन बाँकी फिल्मभन्दा धेरै राम्रो छ ।

घरेलु बक्स अफिसको कुरा गर्ने हो भने फिल्मले ३१ औं दिनमा २ करोडको व्यापार गरेको छ । योसँगै यसको कुल कमाई २२० करोड ५२ लाख पुगेको छ । शुक्रबार हलिउडको अवतारः द वे अफ वाटर भारतमा पनि रिलिज भएको थियो। जसले दुई दिनमा ८७ करोडभन्दा बढीको व्यापार गरेको छ । यद्यपि आइतवार यी दुवै फिल्मका लागि विशेष रहनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);