फिल्मको प्रमोशनमा अजय देवगनले गरे ‘भोला यात्रा’ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

फिल्मको प्रमोशनमा अजय देवगनले गरे ‘भोला यात्रा’

एजेन्सी । बलिउड अभिनेता अजय देवगन आफ्नो नयाँ फिल्म भोलाका कारण चर्चामा छन् । यसमा अभिनेताले जबरदस्त एक्सन र स्टन्ट गरेको देखिनेछ, जसको झलक फिल्मको ट्रेलरमा देखिएको छ । यसैबीच अजय देवगनले ‘भोला यात्रा’ सुरु गरेका छन्, जसअन्तर्गत आज उनले मुम्बईबाट ‘भोला ट्रक’ लाई फ्ल्याग अफ गरेका छन्, जसमा फिल्मको पोस्टर रहेको छ ।

निर्माण पक्षले रिलिज अगावै भोला यात्रा सुरु गरेको छ । ‘भोला’का ट्रकहरू थाने, सुरत, अहमदाबाद, उदयपुर, जयपुर, गुरुग्राम, दिल्ली, कानपुर र लखनउ सहरमा पठाइँदैछ। प्रत्येक सहरको प्रमुख स्थानमा ट्रक पार्क गरी सहरका जनताका लागि रमाइलो साँझको आयोजना गरिनेछ ।

अजय देवगनको ‘भोला’ साउथको हिट फिल्म कैथीको हिन्दी रिमेक हो । यसमा अजय देवगनका अलावा तब्बु, गजराज राव, दीपक डोबरियाल जस्ता स्टारहरू देखिनेछन्। चाखलाग्दो कुरा के छ भने यसमा अजय देवगन मुख्य भूमिकामा छन् र उनले आफैंले यो चलचित्र निर्देशन गरेका हुन् ।

अजय देवगन अन्तिम पटक फिल्म दृश्यम २ मा देखिएका थिए, जुन बक्स अफिसमा सुपरहिट साबित भयो। ‘भोला’ पछि अजय देवगन रोहित शेट्टीको निर्देशनमा बन्ने फिल्म ‘सिंघम अगेन’मा देखिनेछन् । यसमा दीपिका पादुकोण अजय देवगनको नायिका हुनेछिन् । यो फिल्म यो वर्ष फ्लोरमा जान सक्छ। अजय देवगन फेरि सिंघम अगेनमा एक्सन अवतारमा देखिने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);