पानी पर्ला बाटैमा... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पानी पर्ला बाटैमा…

umbrella

काठमाडौँ, ३० असार । गायिका मिलन नेवार एक महिनाअघि जापानको चिल्लो सडकमा हिँडदै गर्दा अचानक पानी पर्‍यो ।

साथमा छाता नहुँदा भिज्नुको विकल्प थिएन । गायक नवीन के भट्टराईको ‘ए झरी नझरिदेऊ यसरी’ गीत गुनगुनाउँदै भिज्दै हिँडिरहेकी गायिकालाई एक भाइले तुरुन्तै छाता ल्याएर दिए । ‘जापानमा छाता किन्नै नपर्ने रहेछ,’ मिलनले भनिन्, ‘पानी परेपछि नजिकैको पसलबाट छाता उठायो, ओढयो अनि जहाँ पानी रोकिन्छ, त्यहीँ पसलछेउ छोडेर हिँडे हुँदो रहेछ ।’

छातासम्बन्धी यस्तो रोचक चलन मिलनले पहिलो पटक थाहा पाइन् । घामपानी छल्न हाम्रा पुर्खाले स्याखु, छत्री बनाए । अचेल छाताको प्रयोग बढ्दो छ । खासगरी कलाकारहरू आफूलाई घामपानीबाट सुरक्षित राख्न छाताको प्रयोग गर्न रुचाउँछन् । सनस्क्रिन लगाए पनि छाता जस्तो भरपर्दो अरू केही लाग्दैन । घामबाट सुरक्षित बनाउन छाता नै प्रभावकारी हुन्छ ।

निकिता चान्दक, पूर्व मिस नेपाल

पूर्वमिस नेपाल निकिता चान्दकलाई अरू बेला छाता ओढ्न खासै खाँचो लाग्दैन रे । तर उनी यति बेला फिल्म ‘रानी महल’ को सुटिङका लागि पाल्पाकै रानी महलमा छिन् । त्यहाँको चर्को घाम र पानीको सामना गर्नुपर्दा भने उनलाई छाताको महत्त्वबोध भएछ । ‘एक छिनमा घाम लाग्छ अनि एक छिनमा पानी पर्छ । घाम र पानीको टुंगै नहुने,’ उनले भनिन्, ‘घाम वा पानी दुवै छेक्न छाता नभई नहुने रहेछ ।’

सुटिङका बेला उनले एक क्षण पनि छाता छुटाइनछन् । घामले छालामा प्रत्यक्ष असर गर्ने हुदा त्यसको बचाउका लागि पनि छाता सबैभन्दा उपयोगी र सजिलो सामग्री रहेको उनले सुनाइन् । आउटडोर जाँदा छाता अनिवार्य राख्नुपर्ने उनको धारणा छ । जापानमा छाता किन्नै नपर्ने रहेछ । पानी परे नजिकैको पसलबाट छाता उठायो, ओढयो अनि जहाँ पानी रोकिन्छ, त्यहीँ पसलछेउ छोडिदियो । ‘सनस्क्रिन लगाए पनि छाता जस्तो भरपर्दो अरू केही लाग्दैन,’ उनले भनिन्, ‘घामबाट सुरक्षित बनाउन छाता नै प्रभावकारी हुन्छ ।’

अभिनेत्री वर्षा शिवाकोटी घामको किरणबाट अनुहार बिग्रेला भन्नेमा बढी नै संवेदनशील छिन् । यत्तिकै हिँड्नुभन्दा छाता नभए मफलरले भए पनि अनुहार सुरक्षित राख्नुपर्ने उनको सल्लाह छ । ‘यति बेला झरीको मौसम छ । बाटामा हिँड्नका लागि छाता नभई नहुने सामग्री हो,’ वर्षाले भनिन्, ‘छाता ओढेर झरीमा हिँड्दा रोमाञ्चक अनुभूति हुन्छ ।’ उनलाई छाता र झरीको सम्बन्ध र मिठास यसैमा भएको जस्तो लाग्छ । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);