बलिउडका अर्जुन र परिणिती भागेर नेपालमा आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडौँ, २५ असोज । बलिउडका दुई चर्चित सुपर स्टार अर्जुन कपुर र परिणिती चोपडा नेपाल आउने भएका छन् । दिवाकार बनर्जीले निर्देशन गर्ने फिल्म 'सन्दीप और पिंकी फरार' को छायांकनको लागि सुटिङ टिम बैतडीको झुलाघाटमा आउने भएका हुन् ।

जिल्ला प्रशासन कार्यलय बैतडीसँग उनीहरुले छायंकनको लागि अनुमति पत्र पठाएको बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज अधिकारीले जानकारी दिएका हुन् ।

पत्रमा नेपाल र भारत सिमानास्थित झुलाघाटमा रहेको झोलुंगे पुलमा छायंकनको लागि अनुमति मागेको बताइएको छ ।

निर्माण युनिटका अनुसार कथामा अर्जुन र परिणिती भागेर नेपाल भारत सिमानामा पुग्ने सिन रहेको छ ।

यो भन्दा पहिले सन् २०१५मा फिल्म 'बेबी'को सुटिंगका लागि अक्षयकुमार लगाएतका कलाकार नेपालमा आएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);