एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोडा बोल्ड अवतारका लागि निकै माहिर छिन् । बलिउड आइटम गीतका लागि विशेष रहेकी मलाइका पतिसँगको डिभोर्सपछि झनै बोल्ड हुँदै गएकी छिन् ।

मलाइका पछिल्लो समय एक फेसन म्यागेजिनलाई गराएको फोटोसुटमा निकै बोल्ड अवतारमा देखिएकी छिन् । बिकिनीमा देखिएकी मलाइकाले बालीको सामुन्द्रिक किनारमा फोटोसुट गराएकी हुन् ।

उसो त यसभन्दा पहिला पनि मलाइकाले धेरै फेशन म्यागजिनका लागि फोटोसुट गराईसकेकी छिन् ।

केही समय अघि मात्र मलाइकाले पति अरबाज खानसँग डिभोर्स गरेकी हुन् । बलिउडमा चलेको गसिप अनुसार अहिले उनी अभिनेता अर्जुन कपुरसँगको प्रेममा रहेकी छिन् ।






