'फाटेको जुत्ता'ले नयाँ जुत्ता दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ , २४ असोज । आजभोली नेपाली फिल्महरुले पनि प्रमोशनमा ठ्याक्कै बलिउडकै शैली अपनाएकाछन् । बलिउडमा झैँ प्रेस कन्फिरेन्स गर्ने देखि लिएर च्यारिटी सो गर्ने लगाएतका ट्रेन्डीङ त छदैँ छ, कन्सर्ट गर्ने, कभर गीत प्रतियोगिता गर्ने जस्ता चलन पनि बिस्तारै आप्रवास हुदैछ ।

त्यस्तै ट्रेन्डको फलो गर्दै फाटेको जुत्ता फिल्मले जुत्ता उपहार योजना ल्याएको छ । फिल्म निर्माण युनिटले फाटेको जुत्ताको फोटो खिचेर पठाउनलेलाई नयाँ जुत्ता दिने एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो । हरेक हप्ता २५० जनालाई नयाँ जुत्ता उपहार लक्की ड्र मार्फत घरमै डेलिभरी गरिने निर्माण पक्षले बताएको छ ।

निकेश खड्काद्वारा निर्देशित फाटेको जुत्ता चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म कार्तिक १७ गतेबाट रिलिजमा आउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);