बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौंमा

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोरा बिहीबार काठमाडौं आइपुुगेकी छिन् । अभिनेत्री अरोरा फेसन आइकन तथा टेलिभिजन पर्सनालिटी कार्यक्रमका लागि काठमाडौं आएकी हुन् । नेपाल रत्न तथा आभुषण संघले आयोजना गर्ने फेसन रनवेमा शो–स्टपरको रुपमा भाग लिन उनी नेपाल आएकी हुन् ।

बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका सिधै होटल याक एण्ड यति पुगेकी थिइन् । मलाइका सेतो विन्टर ज्याकेट र कालो चस्मामा आकर्षक देखिएकी थिइन् ।

नेपाल बसाइको क्रममा मलाइकाले यहाँका फेसन,सस्कृति, फिल्म र संगितबारे धेरै बुझ्ने बताएकी छिन् । बिहीबार बेलुका हुने एक्स्पो शुभारम्भ समारोहको फेसन रनवेमा मलाइका शो स्टपर हुनेछिन् भने नेपाली मोडलहरुले ¥याम्प नाप्नेछन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);