काठमाण्डौँ, २५ असोज । चलचित्र ‘रुद्रप्रिया’ रिलिजको छेकोमा नायिका तथा निर्मात्री रेखा थापाको कार दुर्घटना भएको छ । यद्यपी नायिका थापा भने शकुसल नै रहेकी छिन् ।
बुधबार दिउँसो चावाहिलमा मालबाहक ट्रकले धक्का दिँदा कारको धेरै भागमा क्षति भने पुगेको छ । टिभी फिल्मीबाट अन्तर्वार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा रेखाको कारलाई ट्रकले ठक्कर दिएको हो । माल बाहक ट्रकले ठक्कर दिँदा कारमा क्षति पुगेको तर आफू बाँच्न सफल भएको रेखाले बताएकी छिन् । रेखा आफैँले कार चलाएकी थिइन् ।
रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा छन् । रेखा थापा यतिखेर ‘रुद्रप्रिया’को प्रचारमा व्यस्त छिन् । कात्तिक २ गतेदेखि रिलिज हुने ‘रुद्रप्रिया’मा लामो समयपछि रेखा र आर्यनको जोडीलाई देख्न पाईने भएको छ ।




