निर्माता हार्वे माथि १३ अभिनेत्रीलाई 'सेक्सुयल ह्यारेस्मेण्ट' गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, २६ असोज । हलिउडका चर्चित निर्माता हार्वे विन्स्टनमाथि १३ अभिनेत्रीलाई ‘सेक्सुयल ह्यारेस्मेण्ट’ गरेको आरोप लागेको छ ।

बीबीसीका अनुसार सन् १९९० देखि २०१५ सम्मको २५ वर्षको अन्तरालमा विन्स्टनले एन्जोलीना जोली लगाएतका १३ अभिनेत्री माथि ह्यारेस्मेण्ट गरेको आरोप लागेको हो ।

एन्जोलीना जोलीले प्लइङ बाइ हार्ट फिल्मको सुटिङको दौरानमा आफुमाथि अनैतिक यौन व्यवहार देखाएको भन्दै उनले कहिल्यै विन्स्टनसँग काम नगर्ने निर्णय गरेकी हुन् ।

तर निर्माताले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन् । आफुले एकतर्फिमात्र रुपमा होइन दोहोरो सहमतिमा शारीरिक सम्बन्ध राखिएको बताउँदै आएका छन् ।

 निर्माता विन्स्टन माथि यौन दुर्व्यवहारको आरोप लागेपछि ओस्कारका आयोजकहरुले उनको भुमिका अब के हुने भन्नेबारे आपतकालीन बैठक गर्दैछन्।

ब्रिटिश एकेडेमी अफ फिल्म (बाफ्टा) ले उनको सदस्यता निलम्बन गरिसकेको छ।

यसैबीच, न्यूयोर्कका प्रहरीहरुले वाइन्सटिनमाथि लागेको अभियोगबारे कुरा गर्न एकजनासँग खोजिरहेका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);