रुसका राष्ट्रपतिलाई जन्मदिनमा कुकुर उपहार ! | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

मस्को, २६ असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जन्मदिनका अवसरमा कुकुर उपहार प्राप्त भएको छ। पुटिनलाई तुर्कमेनिस्तानका राष्ट्रपति गुर्बांगुली बेर्दिमुखमेदोभले कुकुर उपहार दिएका हुन्।

पुटिनसँगको भेटमा उनले कुकुर उपहार दिएका हुन्। कुकुर बोक्दै पुटिनले तुर्कमेनिस्तानका समकक्षीलाई धन्यवाद दिएका थिए।

६५ वर्षीय पुटिन कुकुरप्रेमी पनि हुन् । उनले हालै आफ्नो जन्मदिन मनाएका थिए। पुटिनलाई यसअघि जापानी अधिकारीले पनि कुकुर उपहार दिएका थिए। एजेन्सी