बाँदरको यो हुल जसले आफ्नो सन्तान मारेको बदलामा २५० कुकुर मारिदियाे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाँदरको यो हुल जसले आफ्नो सन्तान मारेको बदलामा २५० कुकुर मारिदियाे

एजेन्सी । भारतमा आक्रोशित बाँदरहरुले दर्जनौं कुकुर मारिदिएका छन् । भवनको छत तथा रुखका टुप्पामा लगेर बाँदरहरुले कुकुरको हत्या गरिदिएका हुन् । महाराष्ट्रको विड जिल्लामा ककुरहरुको एउटा समूहले बाँदरको एउटा बच्चा मारिदिएपछि त्यसको बदलामा बाँदर उत्रिएको हो ।

जिल्लाको मजलगाओन र लभुल गाउँमा बाँदरहरुको एउटा हुलले कुकुर मारिदिएको थियो । बाँदरले वरपर भएका कुकुरलाई टोकेर घरको छत तथा रुखको टुप्पोबाट खसालेका थिए । आक्रोशित बाँदरहरुले बिद्यालयका बालबालिकालाई पनि खेदेका थिए ।

कुकुर देख्नेवित्तिकै बाँदरले अग्लो रुखको टुप्पो वा भवनको छतमा लगेर खसालिदिएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार बाँदरले पछिल्लो एक महिनामा मात्र २५० कुकुरलाई अग्लो ठाँउबाट खसालेका छन् । आक्रमणबारे सार्वजनिक भएको एउटा भिडियोमा बाँदरले निर्दयी ढंगले एउटा कुकुरको बच्चालाई टोकेर घरको छतमा पु¥याएर त्यहाँबाट खसालेको देख्न सकिन्छ ।

बाँदरलाई नियन्त्रणमा लिन स्थानीयले वन विभागका अधिकारी गुहारेका थिए । तर, विभागबाट खटिएका कर्मचारीले बाँदर नियन्त्रण गर्न नसकी फर्किएका थिए ।

स्थानीयका अनुसार बाँदरहरुले कुकुरमाथि अझै बदला लिइरहेका छन् ।

केही कुकुरहरुले बाँदरको एउटा बच्चा मारिदिएपछि बाँदर योजनाबद्ध ढंगले प्रतिकारमा उत्रिएका हुन् । विभागका कर्मचारीहरुले बाँदरलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीयले नै कुकर जोगाउन थालेका छन् । बाँदर देख्ने वित्तिकै उनीहरुले भगाउनेदेखि कुकुरलाई सुरक्षित क्षेत्रमा पठाउन थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);