हेला होइन माया गर्नुस | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हेला होइन माया गर्नुस

राधिका जोशी । ११ माघ, काठमाडौं । यतिवेला कुकुर पाल्नेको संख्या दिनप्रतिदन बढेको मात्रै छैन लाखौं रुपैयाँ पर्ने विभिन्न जातका कुकुरहरु विदेशवाट आयात समेत गरिन्छन् । तर कतिपयले भने कुकुर पाल्न खोजे पनि उचित व्यवस्थापन गर्न नसकको कुकुर व्यवसायीको भनाइ छ ।

हेला होइन माया गर्नुस

राधिका जोशी । ११ माघ, काठमाडौं । यतिवेला कुकुर पाल्नेको संख्या दिनप्रतिदन बढेको मात्रै छैन लाखौं रुपैयाँ पर्ने विभिन्न जातका कुकुरहरु विदेशवाट आयात समेत गरिन्छन् । तर कतिपयले भने कुकुर पाल्न खोजे पनि उचित व्यवस्थापन गर्न नसकको कुकुर व्यवसायीको भनाइ छ । कुकुर यमराजको प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिदैन, विभिन्न अपराध गर्ने अपराधी पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने काम पनि कुकुरले नै गर्छ । यस अर्थमा कुकुर अनुसन्धानकर्ता पनि हो । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने काममा मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैले पनि कुकुर पाल्नु अचेल सौखको विषय बनेको छ । अचेल हुनेखानेका घरमा यस्ता महंगा विदेशी कुकुर देख्न सकिन्छ भने धेरै जसो मानीसले कुकुर पाल्ने गरेकै छन् । तर सुरुमा कुकुर पाल्न हौसिने पछि गएर कुकुर ले बढी खायो, टोक्न थाल्यो अर्थात बुढो भयो भनेर हेप्ने, छाडा छोडिदिने, तथा स्याहार सुसार नगर्ने गरेको कुकुर व्यवसायीहरुको गुनासो छ । खोज अनुसन्धानका लागि पनि कुकुरको उपयोग गर्ने गरिन्छ । अझ भन्ने हो भने कुकुरले आफ्नो मालिकको सधै रक्षा गर्छ र उसले पनि मालिक संग खेल्न, रमाइलो गर्न रुचाउछ । नकि रात दिन त्यहि एउटा खोर र सांलोमा बस्न रुचाउँछ । त्यसैले कुकुर पाल्ने सौख र चाहना भएकाहरुले कुकुरको स्याहार सुसारका वारेमा ध्यान दिनु पर्ने व्यवसायीको सुझाव छ । कुकुर पाल्ने चाहना मात्र भएर हुदैन । कुकुरलाई सधै स्वस्थ्य अनि तन्दुरुस्त राख्नु पर्छ । यसका लागि रेबिज लगायत आफ्नो क्षेत्रमा देखा पर्ने संक्रामक सरुवा वा लसपसबाट सर्ने रोग विरुद्ध कुकुरको उमेर अनुसार नियमित सुई लगाइ रहने गर्नु पर्छ र समय समयमा उपचार पनि गराइ राख्नु पर्छ । कुकुरलाई पनि माया ममता र उचित स्याहार सुसार चाहिन्छ । मानीस झै कुकुरले पनि बुढेसकालमा मालीकको साहारा चाहन्छ  । त्यसैले कुकरलाई झिझों लाग्ने, उचाल्ने, पछार्ने, घिसार्ने थिचोर्ने जस्ता खेल वा क्रियाकलाप भन्दा पनि उसले के चाहन्छ त्यस तर्फ ध्यान दिनु जरुरी छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);