प्रेमका लागि कसले के गरे ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रेमका लागि कसले के गरे ?

मुम्बई। प्रेम एक यस्तो सुन्दर अनुभव हो, जसमा कोही व्यक्ति जुनसुकै हदसम्म डुब्न सक्छ । भनिन्छ, प्रेमको कुनै परिभाषा हुँदैन, यसलाई मात्र महशुस गर्न सकिन्छ । प्रेमका लागि बलिउडका कलाकारहरुले हरेक पर्खाल र सीमा पार गर्छन् । कैयौं पटक त उनीहरुले प्रेमका लागि केही कुराको त्याग पनि गरेका छन् ।अभिनेत्री करीना कपुर एक समय अभिनेता शाहिद कपुरसँग डेटमा थिइन् । उनी शाहिदकै प्रेमका लागि आध्यात्मिक नै बनिन् । यही बेला उनले मांसाहार खानेकुरा पनि छोडिन् ।अभिनेता आमिर खान पूर्वपत्नी रीनाको प्रेममा रहँदा यस्तै काम गरे । उनले रीनाका लागि रगतले प्रेमपत्र लेखेका थिए । तर, रीनालाई भने यो पत्रले विपरित असर पर्यो । अर्थात् आमिरप्रतिको सोचमा केही परिवर्तन आयो ।फिल्म ‘तुम हसीन मे जवान’को सुटिङका समयमा धर्मेन्द्र र हेमा मालिनीको प्रेम भएको थियो। धर्मेन्द्रको पहिलो विवाह प्रकाश कौरसँग भएको थियो । हिन्दु विवाद अधिनियमका अनुसार बिना डिभोर्स धर्मेन्द्र दोस्रो विवाह गर्न सक्दैनथे । यहीकारण उनले आफ्नो विवाहलाई वैधानिकता दिनका लागि उनले इस्लाम धर्म अपनाए ।

एक समय दीपिका पादुकोण र रणवीर कपुरसँग प्रेम खुबै चल्यो । कैयौं सेलिब्रेटीले आफ्नो प्रेम लुकाइरहँदा दीपिकाले रणवीरको नाममा घाँटीमा ट्याटु नै खोपिन् ।

अभिनेता सैफ अली खान र करीना कपुर निकै लामो समयसम्म डेटमा थिए । अनिमात्र उनीहरुले विवाह गरे । सैफले करीनाको नाममा आफ्नो हातमा ट्याटु नै खोपेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);