राजकीय हैसियत त्याग गर्दै जापानी राजकुमारी गरिन् प्रेम विवाह | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

राजकीय हैसियत त्याग गर्दै जापानी राजकुमारी गरिन् प्रेम विवाह

एजेन्सी, १३ कात्तिक । राजकीय हैसियत त्याग्दै जापानकी राजकुमारी अयाकोेले विवाह गरेकी छिन् । राजकुमारी अयाकोको विवाह टोकियोमा एक विशेष समारोहकाबीच सोमबार भएको हो ।

उनले राजपरिवार भन्दा बाहिरका सामान्य व्यक्तिसँग विवाह गरेकी हुन् । राजकुमारी अयाकोले व्यवसायी केई मोरियासँग विवाह गरेकी हुन् । आफ्नो प्रेमका लागि राजकुमारी अयाकोले राजपरिवारको हैसियत त्यागेकी छन् ।

अयाकोले राजकीय हैसियत भन्दा प्रेम रोजिन्
जापानको राजकीय कानुन अनुसार सामान्य नागरिकसँग अर्थात राजपरिवारका सदस्य भन्दा बाहिरको व्यक्तिसँग विवाह गर्ने महिला सदस्यले राजकीय हैसियत त्याग्नु पर्छ । अयाकोले राजकीय हैसियत भन्दा प्रेम रोजेकी हुन् ।

उनले केईसँग विवाह गर्नका लागि राजकीय हैसियत खुशीसाथ त्यागेकी छन् । अयाको र केई प्रेम सम्बन्धमा थिए । झण्डै एक हजार जनाको सहभागितामा टोकियोमा भएको समारोहमा अयाको र केई वैवाहिक सम्बन्धमा बाँधिएका हुन् ।

जापानको राजकीय नियममा सामान्य व्यक्तिसँग विवाह गर्नका लागि महिला सदस्यले राजकीय हैसियत त्याग्नु पर्छ तर पुरुष सदस्यका लागि भने यस्तो नियम छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);