सर्बसाधरणले जस्तै अमेरिकामा काम गर्न चाहन्छिन् पूर्व राजकुमारी माको | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सर्बसाधरणले जस्तै अमेरिकामा काम गर्न चाहन्छिन् पूर्व राजकुमारी माको

एजेन्सी । यसै साता प्रेमीसँग बैबाहिक बन्धनमा गाँसिएकी राजकुमारी माको न्युयोर्कको सिटीको सिंगल बेडरुम अर्पाटमेन्टमा बस्ने भएका छन् । विवाहलगत्तै राजकीय उपाधि गुमाएकी माकोको लामो समयदेखिका प्रेमी केही कोमुरोसँग विवाह भएको थियो । ३० वर्षीय कोमुरो अमेरिकामा वकालती पेसा गर्छन् ।

उनीहरु बस्ने अर्पाटमेन्टको मासिक भाडा खुलाइएको छैन् ।  तर, उनीहरु बस्ने भनिएको म्यानहटनमा एउटा बेडरुमसहितको अर्पाटमेन्टको मासिक भाडा ३ हजारदेखि ११ हजार डलर छ ।राजकीय उपाधि गुमाएपछि जापानको दरबारले प्रदान गरेको १४ करोड यान लिन उनले अस्वीकार गरेकी थिइन् । उपाधि गुमेपछि दरबाट पैसा नलिने माको जापानकै रजापरिवारको इतिहासमा पहिलो महिला हुन् । सर्वसाधरणसँग विवाह गरेकी उनले सामान्य जीवन विताउन चाहेको उनी निकटका व्यक्तिहरुले बताउदै आएका छन् । माकोले अमेरिकामा नै काम खोज्ने बताउँदै आएकी छिन् । विवाहअगाडि उनी जापानको एउटा संस्थामा आबद्ध थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);