अदालतको आदेशसँगै रोकियो नेपाल आइडल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८०, बुधवार

काठमाडौं, २२ भदौ । नेपाल आइडलको भोट गणना नगर्न जिल्ला अदालत काठमाडौंले अल्पकालिन अन्तरिम आदेश दिएको छ। नेपाल आइडलविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश दिवाकर भट्टको एकल इजलासले दुबै पक्षलाई छलफलका लागि भोलि २३ गते बोलाएको छ। भोलिसम्म भोट नगन्न अन्तरिम आदेश दिएको हो।

यज्ञमणि न्यौपानेलगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो।

तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएको थिएन । यो अवधिमा ३७ लाख बढी भोट आएको नेपाल आइडलले जनाएको छ। आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा यसलाई जोडेर एक जना आउट हुने जानकारी गएको थियो।