नेपाल आइडलविरुद्ध परेको मुद्दा काठमाडौं जिल्ला अदालतद्वारा खारेज | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

काठमाण्डौँ २३ भदौ – एपी वान टेलिभिजनबाट प्रसारण भईरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध परेको रिट काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ ।

 

न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेज गर्न आदेश दिएको हो ।

नेपाल आइडलमा भदौ १५ गतेको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतिपछि भोटिङ खुला गर्दै राति ८ः४५ देखि अर्को दिन बिहान १२ बजेसम्म समय दिइए पनि उक्त भोटका आाधारमा कसैलाई पनि आउट नगरिएको भन्दै अधिवक्ता न्यौपानेले करार ऐन २०५६ को दफा ८७ (१) अनुरुप अदालतमा उजुरी दिएका थिए।

 

यसअघि बुधबार दिवाकर भट्टको एकल इजलासले नेपाल आइडल आयोजकलाई भोट गन्ने काम रोक्न र सक्कल फाइलसहित अदालतमा उपस्थित हुन आग्रह गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);