बलिउड र अन्डरर्वल्डको सम्बन्धः लभ अफियर देखि गोली काण्डसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

एजेन्सी । बलिउडको ग्लामरले ९० को दशक देखि नै विश्वमा कब्जा जमाउन सुरु गरेको थियो, जुन अहिलेसम्म पनि कायम नै छ । तर बलिउडलाई पहिले देखि अहिलेसम्म अण्डरवल्र्डले आफनो दबाब कायम नै राखेको छ । ९०को दशकमा फिल्ममा उनीहरु पैसा लगानी गर्थे, निर्देशकसँग हप्ता असुल्थे । इन्कार गरेमा हत्या समेत गर्थे । कोहि सेलिबे्रटीसँग घनिष्ट सम्बन्ध छ भने बलिउडमा कतिपयलाई निरन्तर अण्डरवल्र्ड माफियाको कालो छायाँले पछाइरहेको विभिन्न सबुतहरु छन् ।

 

ममता कुलकर्मी र बिक्रम गोस्यामीको लभ अफिएर

नाइन्टिजकी हिट नायिका ममता कुलकर्मी र भारतका कुख्यात डन भनिएका बिक्रम गोस्यामीसँगको सम्बन्ध निकै चर्चामा रहेको थियो । यहाँसम्म कि ममताले आफ्नो फिल्मी करियर बिक्रमसँगको अफियरका लागि त्यागि दिएकी थिइन् । उनीहरु १० वर्ष भन्दा बढि लिभिङ टुगेदरमा बसेका थिए । उनीहरुलाई २०१४ मा पुलिसले केन्याबाट पक्राउ गरेको हो ।

 

मोनिका बेदी र अबु सलीमको प्रेम कथा

ग्याङस्टर अबु सलीम र नायिका मोनिका बेदीको प्रेम कथाले पनि माफिया र बलिउडको छुट्टै पहिचान जोडेको थियो । दाउदका खास मान्छे सलीम फिल्मका निर्देशकलाई धम्की दिदै मोनिकालाई फिल्ममा कास्ट गराउथे । मोनिकालाई बलिउड क्षेत्रमा टिकाउन सलीम नै मुख्य भागेदार रहेका छन् । सलिम अहिले २५ वर्ष अघि बम हमलामा संलग्न भएको आरोपमा आजीवन काराबासको सजाय भोग्दै छन् ।

 

हजी मस्तान र सोनाको विवाह

हजी मस्तान तत्काल समयमा चम्किएका डन थिए जसले कलाकारिता क्षेत्रमा आफनो कदम जमाउन सफल भएका थिए । हिन्दी फिल्मकी त्यतीबेलाकी प्रख्यात नायिका सोनालाई उनले विवाह गरेका थिए ।

 

दाउद इब्राहिम र बलिउड सम्बन्ध

ग्याङस्टर क्षेत्रमा ठुलो नाम कमाएका दाउद इब्राहिमको सम्बन्ध भने निकै सुमधुर थियो । भनिन्छ फिल्म हिट भएको पार्टीमा उनी अनिवार्य हुन्थे । दाउदको डि कम्पनीले लगानी गरेका हरेक फिल्ममा उनले चाहेका हिरोइन कास्ट हन्थे । उनको हिरोइनहरुसँगको अफियरले पनि निकै चर्चा पाएको थियो । मन्दाकिनी, अनिता अयुब जस्ता ठुला नायिकासँग सम्बन्ध थियो । उनको डरले पनि फिल्ममा ती हिरोइनहरु कास्ट हुन्थे । निर्देशक जाभेद सिदीकीले अनितालाई फिल्ममा राख्न नमानेपछि उनलाई दाउदले सुटिङ स्पोर्टमा नै गोली हानेर हत्या गरेका थिए ।

 

गुल्सन कुमारको हत्या

म्युजिक लेभल टि सिरिजका मालिक गुल्सन कुमारको हत्यामा पनि दाउद र अबु सलीमको  हात थियो । मन्दिर जादै गरेका गुल्सनलाई १६ गोली हानी हत्या गरिएको थियो ।

 

राकेश रोशन माथि गोली प्रहार

अण्डरवल्र्डका अर्का खतरनाक ग्याङस्टर अलि बाबा बुदेसले ऋतिक रोशनका पिता राकेश रोशनलाइ फिल्म कहो ना प्यार है को फाइदाको सेयर माग्दा दिन इन्कार गरेपछि राकेशलाई बुदेशका मान्छेले गोली हानेका थिए । गोली उनको हात र छातीमा लागेको थियो । संजोगबस उनी बाँचेका थिए । अत्याधिक सुरक्षाको बाबजुद पनि उनलाई गोली हानिएको थियो । त्यस्तै अर्का फिल्म निर्देशक महेश भट्ट, बोनी कपुर लगाएत अन्य निदेर्शकलाई पनि बुदेश र दाउदले फाइदाको सेयर असुल्न खोज्दा उनीहरुले इनकार गरेका थिए  । जो अहिलेसम्म तारगेटमा छन् ।

 

सजंय दत्तको १९९३ केस

भारत मुम्बइमा १९९३ बम हमलामा सजंय दत्तले पनि दाउद र अबु सलीमलाई साथ दिएका थिए । यसैको आरोपमा उनलाई १९९४मा पुलिसले पक्राउ गरेको थियो । जसको सजाय भोगेर संजय अहिले बाहिर आएका छन् ।

 

साहरुख खान र छोटा सकिल

साहरुखले खुलेर भनेका थिए कि छोटा सकिलसँग करकापको सम्बन्ध थियो । अबु सलिमले आफुलाई ह्यापी न्यु ईअर फिल्मको रिलिज पछि ज्यान मार्ने धम्की दिएका थिए ।