पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुकाे कारण पेश गर्न सर्वाेच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुकाे कारण पेश गर्न सर्वाेच्चको आदेश

nepal n bhattrai

१५ दिनभित्र जवाफ दिन अख्तियारलाई आदेश

काठमाडौं, २ फागुन । सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अख्तियारलाई महान्यायधिवक्ताको कार्यालयमार्फत बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई अख्तियारले उन्मुक्ति दिएकाले पुनः मुद्दा चलाउन आदेश दिनुपर्ने माग गर्दै बुधबार सर्वाेच्चमा रिट दायर गर्नुभएको थियो ।

इजलासले रिट निवेदनको प्रतिलिपी राखेर विपक्षीको नाममा सूचना म्याद जारी गर्न आदेश दिएको छ । इजलासले रिट निवेदनको विषयबस्तु हेर्दा चाँडो किनारा लगाउनु गर्ने प्रकृतिको देखिएकाले ‘सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३’ बमोजिम अग्राधिकार प्रदान गर्दै नियमानुसार पेस गर्न पनि आदेश दिएको छ ।

अख्तियारले मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय भएकाले आयोगको क्षेत्राधिकारभित्र नपर्ने भन्दै नेपाल र भट्टराईलाई छोडेर ४ पूर्व मन्त्रीसहित १सय ७५ जनालाई माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);