ओली सरकारको दुई वर्ष : उत्साह धेरै, उपलब्धि सुस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ओली सरकारको दुई वर्ष : उत्साह धेरै, उपलब्धि सुस्त

kp oli

काठमाडौं, ३ फागुन । ३ फागुन २०७४ मा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको छ । ओली सरकारलाईको विगत दुई वर्षलाई फर्केर हेर्दा उत्साह धेरै देखिए पनि उपलब्धि भने सुस्त देखिएको छ । यद्यपि, विकास निर्माणका धेरै आधार निर्माण हुन थालेको दाबी सरकारको छ । यस्तै, यस अवधिमा मुलुकमा सुशासनका लागि मानकको थालनी भएको दाबीसमेत सरकारी पक्षको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र मुलुक समृद्ध बनाउने आशा भने धेरैको जीवित नै छ ।

समृद्ध नेपाल सुखी नेपाली, सुशासन, आर्थिक विकास, राजनीतिक स्थायित्व, दिगो शान्ति, राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, स्वाभिमान ओली सरकारका मुख्य नारा हुन् । प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा समेत यी विषय जोड दिँदै सरकारले गरिरहेको कामबारे प्रस्ट गर्दै आएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले असाधारण काम गरेको दाबी गरे । ओली नेतृत्वको सरकारप्रति जनता आशा र भरोसा रहेको बताउँदै आउने दिनमा सरकारले समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने बताए ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);