कोरोना भाइरसको असर नेपालको पर्यटन उद्योगमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना भाइरसको असर नेपालको पर्यटन उद्योगमा

wuhan corona nepali

काठमाडौं, ३ फागुन । कोरोना भाइरसको संक्रमणका कारण नेपालको पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भएको छ। पर्यटन व्यवसायीका अनुसार जनवरीदेखि पर्यटक आगमन २० प्रतिशत घटेको छ। पर्यटन व्यवसायी योगेन्द्र शाक्यले चिनियाँ पर्यटकको आवागमन उल्लेख्य घटेको बताए।

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमित फेला परेको भन्ने हल्लाले अन्य देशबाट भ्रमणमा आउन तयारी गरेकाले पनि बुकिङ रद्द गरिरहेका छन्। ‘विवाह तथा सभासम्मेलनका लागि बुकिङ गरेका भारतीयहरूले समेत अन्तिम समयमा बुकिङ रद्द गरिरहेका छन्,’ अर्का पर्यटन व्यवसायी पृथ्वीबहादुर पाँडे भन्छन्।

चीनबाट लत्ताकपडा तथा अन्य वस्तु आपूर्ति कम हुँदा बजारमा फेन्सी सामानको भण्डारण रित्तिँदै गएको छ। केरुङ नाका चीनले एकतर्फी बन्द गरेपछि व्यापार ठप्प छ। चिनियाँ नयाँ वर्ष मनाउन गएका ठेकेदार फर्केका छैनन्। निर्माण सामग्री अभावमा चिनियाँ ठेकेदारले ठेक्का पाएका अधिकांश विकास निर्माणका काम प्रभावित भएका छन्।

चीनबाट आपूर्ति ठप्प हुँदा नेपाली बजारमा गत महिना २४० रुपैयाँ प्रतिकेजी रहेको लसुनको मूल्य ६५० रूपैयाँ पुग्नुलाई आधार मान्न सकिने अर्थशास्त्री बताउँछन्। चीनबाट नेपालले लत्ताकपडा, विद्युतीय सामग्री, मलखाद, औषधि, फर्निचर, पाइप तथा फिटिङ, पस्मिनाको कच्चा वस्तु (ऊन), स्टेसनरीजस्ता वस्तु आयात गर्दै आएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);