कोरोना संक्रमणले उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायी दुःखी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

कोरोना संक्रमणले उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायी दुःखी

Coronavirus declared global health emergency

काठमाडौं, २१ माघ । चीनको वुहानबाट देखा परेको कोरोना भाइरसको संक्रमणले उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायीहरुले दुःख व्यक्त गरेका छन् ।

होटल संघ नेपाल (हान) र नेपाल भ्रमण वर्ष सचिवालय २०२० ले संयुक्त विज्ञप्ती मार्फत अफ्ठ्यारो परिस्थितीसँग जुध्न चीन सरकारले गरिरहेको प्रयासप्रति ऐक्यवद्धता जनाउँदै दुःख व्यक्त गरेका हुन् ।

हानका अध्यक्ष सृजना राणाले भ्रमण वर्षको सुरुवाती महिनामा केही चिनियाँ पर्यटकहरु कम आउने भएपनि होटलमा भएका पाहुनाहरुलाई कोरोना भाइरसको पूर्व सावधानी अपनाउन र संकेत देखिने वित्तिकै अस्पताल लैजान परिपत्र गरिसकेको बताउनुभयो ।

विश्वमा देखिएको भाइरसको संक्रमणबाट पर्यटन व्यवसायी र नेपाल भ्रमण वर्ष २०२० को सचिवालय विचलित नभइ अन्य छिमेकी मुलुकहरुबाट लक्ष्य अनुसार पर्यटक भित्र्याउन अहोरात्र खटिरहेको उहाँले बताउनुभयो ।

भारत, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एसिया लगायतका मुलुकबाट पर्यटक भित्र्याउन खटिरहेको जानकारी उहाँले दिनुभयो ।

नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले चिनियाँ पर्यटकहरु कम हुँदा होटल व्यवसायी मात्रै नभएर कृषक र ट्याक्सी चालकहरुलाई समेत समस्या परेको बताउनुभयो ।

नेपाल भ्रमण वर्षको प्रचारसँगै कोरोना भाइरसका विषयमा पनि सचेत रहन र यसबाट कसरी जोगिने भन्ने विषयमा सन्देश दिन अभियान नै सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

गत डिसेम्बरमा चीनमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट ४ सय भन्दाबढीको मृत्यु भएको छ । विभिन्न मुलुकमा २० हजार भन्दा बढी प्रभावित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);