एचआइभीविरुद्धको खोप बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एचआइभीविरुद्धको खोप बन्दै

hiv vaccine

काठमाडौं, ३ फागुन । एचआइभी भाइरस, जसले एड्ससम्मको स्थितिमा पु-याउँछ। यो भाइरसविरुद्ध खोप छिट्टै आउने आशा एउटा प्रयोगबाट गरिएको छ। नेसनल इन्स्टिच्युट अफ हेल्थबाट ‘एचभिटिएन ७०२’ परीक्षण भइसकेको छ। इन्स्टिच्युटले दक्षिण अफ्रिकाका ५ हजारभन्दा बढीमा यो परीक्षण गरेको थियो।

विज्ञहरू भन्छन्, ‘गहिरो निराशा थियो, तर सुरक्षित खोपको खोजी निरन्तर जारी राखिने छ। यस्तो खोपले एचआइभी भाइरसलाई भित्र पस्न दिँदैन। यसकारण कुनै पनि व्यक्तिलाई एचआइभी प्रवेश हुने खतरा पनि हुँदैन। उनीहरूका अनुसार हजारौं मानिस एचआइभीबाट बच्नेछन् र नयाँ एन्टिबडीको आक्रमण ९९ प्रतिशत रोकिनेछ।

ज्याब पहिलो एचआइभीविरुद्धको खोप निकाल्ने पहिलो व्यक्ति थिए। यो भाइरसविरुद्धको पहिलो खोप आरभी १४४ थाइल्यान्डमा क्लिनिकल अभ्यास गरिएको थियो। अन्य एचआइभीविरुद्धको खोप दक्षिण अफ्रिकामा गरिएको थियो। जसको मूल्यदर विश्वमै अत्यन्त उच्च थियो। यी खोपले पर्याप्त काम गर्नेछ भन्नेबारे पर्याप्त आशा राखिएको थियो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);