ट्रेन्डिङ नम्बर १ मा 'छक्का पञ्जा २' को ट्रेलर, यस्तो छ भिडियो ... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २२ भदौ । हिजो मात्रै युट्युबमा सार्वजनिक भएको चलचित्र छक्का पञ्जा २ को ट्रेलर ट्रेन्डिङमा नम्बर १ मा पुगेको छ। उक्त चलचित्रको भिडियोलाई एक दिनमै ४ लाख८५ हजार भन्दा बढीले हेरिसकेका छन्।

यसअघि सार्वजनिक भएको छक्का पञ्जा २ को गीत ‘ए दाजु नसमाउ नाडीमा’ केही विवादकाबीच पनि निकैलोकप्रिय बनेको छ। दीपाश्री निरौलाको निर्देशन रहेको यस चलचित्र दसैँको मौका छोपेर असोज ११ गते फुलपातीका दिनबाट देशभर प्रदर्शन हुने भएको छ।

चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहारी, स्वस्तिमा खड्का, लक्ष्मी गिरी, जयनन्द लामा, शिवहरि पौडेल, किरण केसी, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);