एक तस्बिरका कारण विवादमा तानिए ऋषी कपुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, १२ भदौ । बलिउडका हस्ति ऋषी कपुर आजकल फिल्मले भन्दा सामाजिक सञ्जालमा ट्वीट गर्ने र विभिन्न कार्यक्रममा पत्रकार एवम् गाली गर्ने कुराले चर्चित छन् ।

 

यस्तै उनले सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गरेको एउटा नाङगो बालकको तस्बिर यति बेला चर्चाको विषय बनेको छ । हुन त उनले सामाजिक सन्देश दिन खोजेका छन् तर उक्त पोस्टका कारण उनी विवादमा तानिएका छन् ।

 

सोही तस्बिरका कारण मुम्बई कै एक एनजिओ, जय हो फाउन्डेशनले उनी विरुद्ध साइबर पुलिसमा उजुरी दिएको छ । जय हो फाउन्डेशन पिछडिएका बालबालिकाको लागि सहयोग गर्ने संस्था हो । उक्त संस्थाले बालकको यसरी फोटो पोष्ट गरेर बालबालिकाको अधिकार माथि हनन हुने गैर कानुनी काम गरेको भन्दै कार्बाहीका लागि उजुरी गरेको हो । हुन त त्यो पोस्ट उनले त्यही दिनमा हटाएका थिए ।

 

उनको नयाँ फिल्म १०२ नट आउट आउँदैछ जसमा उनी अमिताभ बच्चनका छोराका रुपमा दर्शक माझ प्रस्तुत हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);