मंकी सेल्फी : फोटोग्राफरको पक्षमा अदालतको फैसला, कमाईको हिस्सा बाँदरलाई पनि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एजेन्सी, २९ भदौ । माकाक्यु प्रजातीका बाँदरको सेल्फीका कारण धेरै समय फोटोग्राफर डेबिड स्लेटर चर्चामा त रहे तर उनी विवादमा समेत तानिएका थिए । फोटोको कपी राइटको कारण उनी बिवादमा आएका थिए जसको फैसला अदालतले ७ वर्ष पछि उनकै पक्षमा गरेकोे छ । तर उनले सो तस्बिरबाट आएको आम्दानीको २५ प्रतिशत भने माकाक्यु नामक सो बादरको प्रजातीको लागि काम गर्ने संस्थालाई दिनुपर्ने छ ।

के थियो कारण ?

यो तस्बिरको बारेमा थाहा नहुने सायद कम नै होलान् । बेलायतका फोटोग्राफर डेबिड स्लेटरको क्यामाराबाट माकाक्यु प्रजातीको एक बाँदर आफैले लिएको तस्बिर हो । २०११ मा स्लेटर इन्डोनेसियाको सुलावेशीमा लिएको यो तस्बिरले विश्व भरि नै व्यापक चर्चा पाएको थियो । मंकी सेल्फीको उपनाम दिएको सो तस्बिर सोसियल मिडीया लगायत विभिन्न अनलाइन स्ट्रिमहरुमा भाइरल बन्यो । यो तस्बिरका कारण उनले ख्याती र केही धनराशी त कमाए नै तर साथमा उनलाई ठुलो क्षति गरायो । उनको क्यामाराबाट लिएको सो तस्बिरले उठाएको फाइदा एकलौटी हक आफुलाई मात्र नभई माकाक्यु नामक बाँदरको पनि हुन पर्ने भन्दै पेटा लगाएतका संस्थाले उनी विरुद्ध मुद्दा दायर गरेको थियो । त्यो मुद्दाले यतिसम्म गाह्रो बनायो कि उनी फोटोग्राफिबाट समेत सन्यास लिन चाहन्थे ।


सोही म्ुद्दाको अदालतले आफ्नो पक्षमा फैसला गरेपछि उनले केही राहत महसुस गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);