भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी

मुम्बई। दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए । उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो । अहिले यिनै अर्जुन पुनः चर्चामा छन्। उनको यो चर्चा फिल्मले मात्र नभई एक विज्ञापनका कारणले हो।अल्लू एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन् । सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लूको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै अल्लूलाई कारवाहीको माग गरेका छन्।

उनले अल्लूविरुद्ध विज्ञापनमा अभिनय गर्नका लागि र चैतन्य शैक्षिक संस्थाविरुद्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीेमा उजुरी दिएका हुन् । उनले आममानिसलाई गलत सूचना दिएको भन्दै अल्लू र शैक्षिक संस्थानविरुद्ध मुद्धा चलाउनुपर्ने बताएका छन्।यसअघि अल्लू एक फूड डेलिभरी एपको मार्केटिङका लागि आलोचित भइसकेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);