करणवीरविरुद्ध धोकाधडीको उजुरी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

करणवीरविरुद्ध धोकाधडीको उजुरी

मुम्बई। भारतीय अभिनेता करणवीर बोहरासहित ६ जनाविरुद्ध धोकाधडीको आरोपमा उजुरी परेको छ। ४० वर्षीया महिलाले बोहरासहित ६ जनाविरुद्ध ओशिवारा प्रहरीमा उजुरी दिएकी हुन्। करणवीरमाथि ती महिलाले धोका दिएर ठगी गरेको आरोप लगाएकी छन्। महिलाले आफूले पैसा माग्दा अभिनेता र उनकी पत्नी तजिन्दर सिद्धूले गोली हान्ने धम्कीसमेत दिएको आरोप लगाएकी छन् ।ती महिलाका अनुसार करणसहित ६ जनाले उनलाई २ दशमलब ५ प्रतिशत व्याजमा पैसा फिर्ता दिने भन्दै पैसा ऋण लिएका थिए। महिलाका अनुसार हालसम्म उनले करिब ३ करोड रुपैंयाँमात्र फिर्ता पाएकी छन्। प्रहरीले उजुरीका विषयमा अनुसन्धान सुरु गरिसकेको छ।

कैयौं टेलिफिल्ममा अभिनय गरेका करण पछिल्लोपटक एकता कपुरको रियालिटी शो ‘लकअप’मा देखिएका थिए । उनले त्यहाँ आफू ऋणमा डुबेको खुलासा गर्दै रोएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);