सुनसरीमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनसरीमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान

Untitled-1

सुनसरी, २ साउन । सुनसरीको देवानगञ्जमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको छ । सुनसरी प्रहरीले नियमित रुपमा सञ्चालन गर्दै आएको सर्च अप्रेसन अन्तरगत गस्तीमा रहेको प्रहरी टोली र अपराधिक समूहबीच बिहीबार राती गोली हानाहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती ९ बजे देवानगञ्ज – २ मा रहेका ४ – ५ जनाको संख्यामा रहेका युवालाई सर्च गर्दा दुबै पक्षबीच गोली हानाहान भएको थियो । सो क्रममा हतियार खोसाखोस गर्ने क्रममा एक थान पेस्तोल, केही राउण्ड गोली र २ थान म्यागेजिन समेत बरामद भएको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले घटनाको पुष्टि गर्दै दुई जना पक्राउ परेको समेत जानकारी दिए । दुबै तर्फको फाइरिङ हुँदा करिब १० – १२ राउण्ड गोली चलेको प्रहरीको भनाई छ । प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय पिन्टु यादव, देवानगञ्ज–३ का ३२ वर्षीय राजेश यादव घाइते भएका छन् । अन्य तीन जनाको समूह भारततर्फ भागेको छ ।

प्रहरी उपरीक्षक थापाका अनुसार प्रहरीको गोली लागेर पिन्टु र राजेश सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवाबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । राजेश यादवको दाहिने तिघ्रामा गोली लागेको छ ।

प्रहरीका अनुसार पिन्टु यादवको घुडामुनि एउटा र बायाँ खुट्टाको नलीमा २ वटा प्वाल देखिएको छ । घटनास्थलबाट एउटा पेस्तोल, त्यसमा लाग्ने गोली ६ राउण्ड, २ वटा म्यागजिन, बिआर ३८ भि ३५२८ र अनटेष्ट १२५ सीसीको साइन मोटरसाइकल पनि बरामद भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);