पाकिस्तानमा निर्वाचन आयोगको कार्यालय बाहिर बम विष्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पाकिस्तानमा निर्वाचन आयोगको कार्यालय बाहिर बम विष्फोट

एजेन्सी,२२ माघ । पाकिस्तानमा फेब्रुअरी ८ मा आम निर्वाचन हुँदैछ। पछिल्ला केही दिनयता देशभित्रै विस्फोट र हिंसात्मक घटनामा उल्लेख्य वृद्धि भएको छ । आइतबार, बलुचिस्तानको नुस्की जिल्लामा पाकिस्तानको निर्वाचन आयोग (भ्ऋए) को कार्यालय बाहिर अर्को बम विस्फोट भएको थियो। यद्यपी यस विष्फोटमा हालसम्म कुनै हताहतीको विवरण आएको छैन ।

विष्फोट निर्वाचन आयोगको कार्यालयको गेटबाहिर भएको प्रहरीले जनाएको छ । एआरवाई न्युजका अनुसार प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ र अपराधीलाई पक्रन खोजी कार्य भइरहेको छ । यसअघि गत हप्ता पाकिस्तानको निर्वाचन आयोग (ईसीपी) को कराची कार्यालय बाहिर विस्फोट भएको थियो।

एसएसपीका अनुसार कराँचीको रेड जोन क्षेत्रमा रहेको ईसीपी कार्यालयको पर्खाल नजिकै सपिङ झोलामा विस्फोटक पदार्थ राखिएको थियो । उनले विस्फोटक पदार्थमा बल बेयरिङ नभएको बताए । निर्वाचन आयोगले यस विषयमा जिल्ला अनुगमन अधिकृत र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दक्षिणसँग प्रतिवेदन मागेको छ ।

यसैबीच, बलुचिस्तानका विभिन्न सहरहरूमा शुक्रबार भएको ह्यान्ड ग्रेनेड आक्रमणमा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का कार्यकर्तासहित छ जना घाइते भएका छन्। बलुचिस्तान र कराँचीमा हिंसाका धेरै घटनाहरूले पूर्व–चुनावको माहौल बिगारिदिए।
आक्रमणकारीहरूले पार्टीको निर्वाचन कार्यालयलाई लक्षित गरी भवन नजिकै ग्रेनेड प्रहार गर्दा तीन जना पीपीपी कार्यकर्ता घाइते भएका छन्, डनले रिपोर्ट गरेको छ । अर्कोतर्फ, बलुचिस्तानका विभिन्न शहरहरूमा हात ग्रिनेड आक्रमणमा पीपीपी कार्यकर्ताहरू सहित छ जना घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);