पाकिस्तानमा पूर्वक्रिकेटर ईमरान खान र सरिफको पार्टीबीच मुख्य प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पाकिस्तानमा पूर्वक्रिकेटर ईमरान खान र सरिफको पार्टीबीच मुख्य प्रतिस्पर्धा

एजेन्सी, ९ साउन । तनावकाबीच पाकिस्तानमा राष्ट्रिय र प्रान्तियसभाका लागि मतदान भएको छ । प्रहरी र सेनाको कडा सुरक्षाबीच मतदान भईरहेका बेला क्वेटामा मतदान केन्द्र नजिकै बम बिष्फोट भएको छ ।

विष्फोटमा परी ३१ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । अन्य स्थानमा पनि राजनीतिक दलका कार्यकर्ताबीच झडप भएको जनाइएको छ ।

आम निर्वाचन अन्तर्गत पाकिस्तानमा राष्ट्रियसभा र चारवटा प्रान्तियसभाका लागि बुधबार मतदान भएको छ । प्रहरी र सेनाको कडा सुरक्षाकाबीच भएको मतदानको क्रममा एउटा निर्वाचन केन्द्र नजिकै आत्मघाति विष्फोट हुँदा करिब तीन दर्जन व्यक्तिको ज्यान गएको छ । त्यती नै संख्यामा घाइते भएका छन् ।

मृत्यु हुनेमा प्रहरी पनि रहेको जनाइएको छ । घाईतेहरुको सोल अस्पतालमा उपचार भईरहेको छ । पूर्वी वाईपासमाथि बनाईएको मतदान केन्द्रबाहिर भएको आत्मघाती बिष्फोटको जिम्मेवारी चरमपंथी समुह दौलत ए इस्लामियाँले लिएको छ ।

आतंकवादी आक्रमणको पाकिस्तानका प्रमुख तीन दल पीएम एल एन, पिटिआई र पीपीपीले भत्र्सना गरेको छ । तालिवानबाट हुने खतरालाई ध्यानमा राखी सुरक्षाका लागी ३ लाख ७० हजार सैनिक जवान मात्रै खटाईएको थियो ।

मतदान भईरहेको बेला राजनीतिककदलका कार्यकर्ताबीच झडप हुँदा केहि व्यक्तिहरु घाईते भएको बताईएको छ । मतदाताहरुले मताधिकार प्रयोग गर्न पाएकोमा खुसी व्यक्त गरे भने पोलिङ बुथमा गडबडी र हिंसा हुने भयले कतिपय बुथमा त्रासको वातावरण पनि देखिएको निर्वाचनमा खटिएका कर्मचारीहरुले बताएका छन् ।

पाकिस्तानमा १० करोड ५९ लाख ५५ हजार ४ सय ९ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । जसमध्ये पुरुष मतदाता ५ करोड ९२ लाख २४ हजार २ सय ६३ र महिला मतदाता ४ करोड ६७ लाख ३१ हजार १ सय ४६ रहेका छन् ।

मतदानका लागी ८५ हजार ३ सय ७ मतदान केन्द्रको व्यबस्था मिलाईएको थियो । राष्ट्रिय सभाका २ सय ७२ सिटका लागी ३ हजार ४ सय ५९ र चार वटा प्रान्तको ५ सय ७७ प्रान्तीय सभाका लागी ८ हजार ३ सय ९६ उम्मेदवारहरु चुनावमा प्रतिस्पर्धामा छन् ।

चुनावमा ९५ पार्टीहरुको सहभागिता भएतापनि चुनावमा पूर्वक्रिकेटर ईमरान खान र पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । ईमरान खानको दललाई सेनाको भित्रि समर्थन रहेको विपक्षीहरुले आरोप लगाएका छन । चुनावमा ठुलो संख्यामा उग्रदक्षिणपंथी र कट्टरपंथीहरु पनि प्रतिस्पर्धा गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);