रेलकाे ठक्करबाट बसमा सवार २१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

रेलकाे ठक्करबाट बसमा सवार २१ जनाको मृत्यु

एजेन्सी, २० असार । पाकिस्तानमा रेलले ठक्कर दिदा बसमा यात्रारत २१ जनाको मृत्यु भएको छ । राँचीबाट लाहोरतर्फ गइरहेको शाह हुसेन एक्सप्रेस रेलले फारुकाबाद रेल्वे स्टेशन नजिक यात्रुबाहक बसलाई ठक्कर दिदा अन्य ८ जना गम्भीर घाइते भएका छन् ।

यात्रुबाहक बसमा पाकिस्तानको पंजाबस्थित नानकाना साहिबबाट फर्कदै गरेका सिख तिर्थयात्री रहेको जनाइएको छ । उक्त बस रेलको लिक पार गर्ने क्रममा शुक्रबार दुर्घटनामा परेको थियो ।

घाइतेहरु सबैलाई शिखपुरास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ । पाकिस्तानी रेल्वे मन्त्रालयले उक्त दुर्घटना शिखपुरा नजिकै भएको र मन्त्रालयले अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);